दफा ५४
बेपत्ता भएको कर्मचारीको निवृत्तभरण र उपदान
(१) कुनै कर्मचारी हराई बेपत्ता भई मरे बाँचेको पत्ता नलागेमा त्यस्तो कर्मचारीले दफा ४९ वा ५० बमोजिम पाउने उपदान वा निवृत्तभरणको रकम निजको परिवारलाई दिइनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५० बमोजिम निवृत्तभरण लिन
पाउने व्यक्ति निवृत्तभरण लिन नपाउँदै बेपत्ता भएमा सात वर्षसम्म र निवृत्तभरण पाउन थालेपछि बेपत्ता भएमा सात वर्ष पुग्न बाँकी अवधिसम्म निजको परिवारलाई निवृत्तभरणको पूरै रकम र सो अवधिपछि पति वा पत्नीलाई आजीवन निवृत्तभरणको आधा रकम पारीवारिक निवृत्तभरण दिइनेछ ।
(३) बेपत्ता भएको कर्मचारी पछि फेला परेमा दफा ४९ बमोजिमको उपदान भुक्तानी दिई नसकेको भए सो उपदान वा दफा ५० बमोजिम पाउने निवृत्तभरणको रकम निजले दावी गर्न
आएको मितिदेखि निजलाई नै दिइनेछ ।
तर उपदफा (१) वा (२) बमोजिम भुक्तानी दिइसकेको उपदान, निवृत्तभरण वा पारीवारिक निवृत्तभरण रकममा पछि फेला परेको व्यक्तिले दावी गर्न पाउने छैन ।